२८ वैशाख ०७८, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज मंगलबार निको भई घर फर्केका छने । कोरोना सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् ।
नेता खनाल यही वैशाख २६ गते कोरोना सङ्क्रमणमुक्त भएका थिए । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज भएको जानकारी दिए ।
सङ्क्रमण भएपछि उनलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।
२८ बैशाख २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया