१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालबासी विपन्नलाई दश हजार कोरोना उपचार खर्च




२८ बैशाख ०७८, पाँचखाल काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले कोरोना सङ्क्रमित विपन्न व्यक्तिलाई उपचार खर्च वापत दश हजार रुपैयाँ दिने भएको छ ।
नगरपालिका प्रमुख महेश खरेलले आज सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोरोना फैलदै गएकोले कोरोना सङ्क्रमित उपचाररत अति विपन्नलाई वडाको सिफारिस र अस्पतालको कागजातको आधारमा नगरपालिकाले दश हजार रपैयाँ उपलब्ध गराउने निर्णय भएको बताएका छन् ।
यसअघि नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोरोनाका बिरामी बोक्न नसक्ने देखिएपछि यो नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत चढ्ने सुविधाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।