४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वाङ्मय शताब्दी पुरुषलाई दीर्घायुको कामना



फाइल तस्बिर

३० वैशाख ०७८, ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरेका हुन् ।
नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताए । उनले भने, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।”
बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिएका थिए । जोशीलाई फोनमार्फत पनि शुभकामना आइरहेको छ । आजका दिनसम्म कुनै रोगले समातिनसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको उनले बताए । जोशीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आउनुभएको छ । जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसक्नु भएका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।