१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा कोरोना अस्पताल



काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० जनगालस्थित बनेपा नगरपालिकाको स्वीकृतिमा सञ्चालन भएकोे भोमि कोभिड समर्पित अस्पतालको आइतवार उदघाटनपछि अनुगमन गर्दै बनेपा नगरपालिका पमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायत । तस्वीर : पेमा लामा\रासस

३ जेठ ०७८, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० जनगालस्थित भोमी अस्पताललाई कोरोना समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले यस अस्पतालको कोरोना उपचार सेवाको उद्घाटन गरेका छन् ।
नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ श्ययाको यो अस्पतालसँग सम्झौता गरी कोरोनाबाट सङ्क्रमित विरामीको उपचारको लागि व्यवस्था मिलाएको छ ।
नगरपालिकाले चार शैयाको आइसियू र छ शैयाको अक्सिजन सुविधासहित गरी दश शैया नगरपालिकालाई कोरोना विरामी उपचारको लागि जिम्मा दिनुपर्ने सम्झौता गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले जिल्लामा विरामीको उपचारमा थप सहजता प्रदान गर्नको लागि बनेपामा नै अस्पताल सञ्चालन गरिएको बताए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।