१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा दुई दिनमै १७ हजारभन्दा धेरैले लगाए कोरोना खोप




ललितपुर खबर
८ जेठ ०७८, ललितपुर । ललितपुरमा दुई दिनभित्र १ हजार ७८२ जनाले चीन सरकारद्वारा प्राप्त भएको कोरोना भेरोसेल दोश्रो खोप दिइएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार विहीबार र शुक्रबार ललितपुरका ३ वटै नगरपालिकाका विभिन्न खोप केन्द्रहरुको तथ्याङ्क संकलनपछि यो संख्यामा कोरोनाको खोप लगाएको पाइएको हो ।
विहीबार मात्र ८ हजार ३६ जनाले खोप लगाएका थिए । शुक्रबार ९ हजार७४६ सय जनाले लगाएका थिए ।
स्वास्थ्य कार्यालयले विहीबारबाट कोरोना खोपको दोश्रो मात्रा ललितपुरका तीनै वटा नगरपालिकामा सञ्चालन गरेको थियो ।
गोदावरी नगरपालिकाले आनन्दवन अस्पताल, बज्रवाराही चापागाँउ अस्पताल र बाँडेगाँउ प्राथमिक स्पास्थ्य केन्द्रमा खोप दिने व्यवस्था मिलाएको थियो । महालक्ष्मी नगरपालिकाले विभिन्न १५ ठाँउमा खोप केन्द्र तोकेको थियो भने महानगरले विभिन्न २९ वटा केन्द्र तोकेर खोप लगाउने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।