४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओलीले बोलाए स्थायी कमिटी बैठक



प्रधानमन्त्री केपी ओलि सार्क भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै । तस्विर ः सूर्य थापा

१० जेठ ०७८, काठमाडौं । नेकपा (एमाले) को संस्थापन पक्ष (ओली समूह) ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज अपराह्न चार बजे बस्‍नेगरी बैठक बोलाएका नेता सुवास नेम्बाङले जानकारी दिए। बैठकमा चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ।

शनिबार बसेको बसेको स्थायी कमिटीले माधव नेपाल समूहका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। साथै, राष्ट्रियसभा उप-चुनावमा गृहमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई हराउन सहयोग गर्ने प्रदेश सभाका १४ सांसदसँग पनि स्पष्टीकरण सोधेको थियो। सो विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : २९ बजे