१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी




१० जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ । कोरोनाको दोस्रो लहर अझै हटि नसकेको भन्दै निषेधाज्ञा थप गर्न लागिएको हो ।

‘ सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प नरहेको बताएका छन् ।

अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको छ ।

उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ।

यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।