१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुपण्डोलमा गुणस्तरहिन स्यानिटाईजर उत्पादन तथा बिक्रि गर्ने व्यक्ति




१० जेठ ०७८, ललितपुर । ललितपुर कुपण्डोलबाट गुणस्तरहिन ह्याण्ड स्यानिटाईजर उत्पादन तथा बिक्रि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गुणस्तरहिन स्यानिटाइजर उत्पादन गरि बिभिन्न औषधिजन्य पसल एवम् सर्जिकल हाउसमार्फत आम सर्वसाधरणको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरी बिक्रि बितरण र कालोबजारी भइरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर म.न.पा वडा न १ कुपन्डोलमा कोठा भाडामा लिई बस्ने पाल्पाका २३ का दुर्गा भट्टराई रहेका छन् ।
उनलाई महानगरिय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
यसअघि आइतबार ललितपुरको इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले छापा मारेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।