१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुपण्डोलमा गुणस्तरहिन स्यानिटाईजर उत्पादन तथा बिक्रि गर्ने व्यक्ति




१० जेठ ०७८, ललितपुर । ललितपुर कुपण्डोलबाट गुणस्तरहिन ह्याण्ड स्यानिटाईजर उत्पादन तथा बिक्रि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गुणस्तरहिन स्यानिटाइजर उत्पादन गरि बिभिन्न औषधिजन्य पसल एवम् सर्जिकल हाउसमार्फत आम सर्वसाधरणको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरी बिक्रि बितरण र कालोबजारी भइरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर म.न.पा वडा न १ कुपन्डोलमा कोठा भाडामा लिई बस्ने पाल्पाका २३ का दुर्गा भट्टराई रहेका छन् ।
उनलाई महानगरिय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
यसअघि आइतबार ललितपुरको इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले छापा मारेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।