४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको तस्बिर



११ जेठ ०७८, डोटी । वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरेका छन् । हेलिकोप्टरमार्फत डोटी पुगेका मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामाग्री वितरण गरेका हुन् ।

मन्त्री आलेले अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा पनि व्यक्तिगत लगानी भनेर पोस्टर टाँसेका छ्न् । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरिएको छ ।

त्यस्तै जिल्लाका नौँ स्थानीय तहलाई पाँच पाँच वटा अक्सिजन सिलिण्डर, दुई दुई वटा  एचडियु बेड र पाँच पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरिएको छ ।

मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन् । उनले चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आफ्नै तस्बिर टाँसेका छन् । जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री ।’

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १२ : १३ बजे