२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाभारत गाउँपालिकामा ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन



११ जेठ ०७८, बनेपा । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् ।

“कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ”, स्थानीयवासी होमेन्द्र रानामगरले भने, “हिजोका दिनमा कहाँ गएर परीक्षण गर्ने, कसरी गर्ने भन्ने चिन्ता थियो । स्वाब सङ्कलन गरे पनि नतिजा आउन तीन/चार दिन लाग्ने गरेको थियो । अहिले भने आधा घण्टामा नै नतिजा थाहा पाउने अवस्था रहेकोले अब अस्पतालबाट हुने उपचारको अभावमा विरामीले मृत्युुवरण गर्न नपर्लाकी भन्ने आशा जागेको छ ।” सामुदायस्तरमा कोरोना फैलिएको हो कि भन्ने डर गाउँलेमा भएकाले उक्त डरलाई चिर्न कोरोना परीक्षण गर्नुपर्छ भन्ने माग गाउँको भएको उनले बताए ।

गाउँलेको अवस्थालाई मध्यनजर गरी काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा निकै कष्टका बाबजुद ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।