
१२ जेठ ०७८, काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौंको बौद्ध र कलंकीको रेष्टुरेण्ट र लज खोलेर लास खेल्ने युवाहरु प्रहरीको फन्दामा परेका छन् । काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका १४ कलंकीस्थित एडभेन्चर होटल एण्ड लजको कोठा नम्बर ४०६ मा समेत तास खेलिरहेको अवस्थामा सोही होटलका सञ्चालक चितवन खैरेनी घर भएका ३२ बर्षीय कृष्ण अधिकारी समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार यस लजमा जुवा, तास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया