४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद् विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा



१३ जेठ ०७८, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

साधारण इजलासमा सुनुवाई भएका १९ वटा मुद्दलाई पनि सवैधानिक इजलासमा पठाइने भएको हो । प्रतिनिधिसभा विघटनका विरुद्धमा ३० वटा मुद्दा सर्वोच्च दर्ता भएका छन् ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।