४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा सरकारले खाद्यान्नका सामान बेच्ने




ललितपुर खबर
१३ जेठ ०७८, ललितपुर । शुक्रबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा हुँदैछ । निषेधाज्ञा कडा गरेर खाध्य लगायत अत्यावश्यक सरसामान बिक्रि गर्ने पसलहरु बन्द गरेको भन्ने जनगुनासो आएपछि यसलाई सम्बोधन गर्दै प्रशासनले सरकारी कम्पनी मार्फत खाद्यान्नलगायत अत्यावश्यक सरसामान विक्रि गर्ने भएको छ । सरकारी कम्पनीहरु नेपाल खाद्यबस्तु तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको मोवाइल गाडी मार्फत काठमाडौं उपत्यकाका स्थानीय निकायहरुको समन्वयमा खरिद विक्रिको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
कार्यालय का अनुसार अत्यावश्यक परेको खण्डमा जुनसुकै बेला सरसामान किन्न र बेच्न पाइने बताइएको छ । यस कार्यालयले मोवाइल नम्बरहरु सार्वजनिक गरेर आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ ।

किराना पसलहरु बन्द गरेपछि राजधानीबासीलाई अपठ्यारो पर्ने गुनासो आएपछि पछिल्लो समय प्रशासनले निर्णय गरेर यो नम्बरहरु सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको प्रशासनले दिएका नम्बरहरू
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ– ९८५१०२२५६४

नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी– ९८५१०३३३०३

विभागीय प्रमुख सबल रिजाल– ९८५१११३६६०

अधिकृत प्रज्वल प्रधान– ९८४१३३२९९०, ९८१३२७२५६३

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द– ९८५१३२०३१४

विभागीय प्रमुख भिमबहादुर थापा– ९८५११३६७८५

प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा– ९८५११२७८८

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।