४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण



१३ जेठ ०७८, काठमाडौं । नेपालमा बिहीबार थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर परीक्षणबाट ६ हजार ७३१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५७८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ७ हजार २ सय २६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।  बिहीबार एकैदिन देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।