४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपाका अध्यक्ष ठाकुरसहित ४ नेता पार्टीबाट निष्काशित



१८ जेठ ०७८, काठमाडौं । जनता समाजवादी पार्टी जसपाले अध्यक्ष महन्थ ठाकुरसहित आफ्ना ४ जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ । नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको कार्यकारीणी समितिको बहुमत सदस्यको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो ।

यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए । योसँगै वर्तमान सरकारमा सहभागि हुने या नहुने विषयलाई लिएर दुई धार देखिएको जसपा विभाजनको संघारमा पुगेको छ । जसपाले पाँच दिन अघि ती नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

पार्टी नीति विपरीत काम गरेको आरोप लगाउँदै उपेन्द्र यादव समूहले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । ठाकुर समूहले पनि यादव समूहलाई अनुशासन उल्लंघनको आरोप लगाउँदै यादवलाई स्पष्टीकरण सोधेको थियो ।

यादव समूहले पार्टीको नीतिविपरीत केपी ओली सरकारलाई साथ दिनुका साथै राष्ट्रपति कार्यालय, निर्वाचन आयोगलगायतलाई पत्र पठाएको आरोप लगाएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : ५९ बजे