१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका सासंद सिलवालले ढुंगा खानीको तस्विर सार्वजनिक गर्दै भने, ‘जनताको प्रतिरोधको पखाई’




ललितपुर खबर
२२ जेठ ०७८, ललितपुर । आज ३८ औं अन्र्तराष्ट्रिय विश्व वातारण सन्र्दभमा संसारभर वातारण संरक्षणको सन्र्दभमा चर्चा छ । कोरोना माहामारीका कारण जारी लकडाउनका कारण भौतिक उपस्थितीमा कार्यक्रमहरु नभए पनि भर्चअल माध्यमबाट विभिन्न कार्यक्रम भइरहेको छ ।
ललितपुरमा वातावरण विनासका विषयमा बेला बेलामा चर्चा भए पनि सेलाउने गरको छ । विश्व वातावरण दिवसको अवसरमा ललितपुरका सासंद नवराज सिलवालले भने फेसबुकबाट एक तस्विर सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन् ।
मध्य ललितपुरको नल्लु टिकाभैरव र लेले क्षेत्रका बन विनास भइरहेको सन्र्दभलाई कोट्उदै सासंद सिलवालले जनता प्रतिरोधको आन्दोलनको रहेको बताएका छन् ।
सासंद सिलवालले फेसबुकबाट प्रश्न गरेका छन्, ललितपुरका जनताको स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकारको संरक्षण कहिले सुनिश्चित हुने होला ?
पछिल्लो समय ललितपुरको ढुकुछाप, देविचौर,टिकाभैरव, नल्लु, लेले क्षेत्रसँगै वागमती गाँउपालिकाको छपेलीमा वालुवा खानी सञ्चालनमा छ । यहाँ सञ्चालित केही खानी वैद्य रुपमा सञ्चालनमा छन् भने केही अवैद्य रुपमा सञ्चालनमा छन् । केही खानीले जंगल क्षेत्रमा ढुंगा निकालेर खुलेआम बेचिरहेका छन् ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकाको भालुखोला र खानीखोलामा वालुवा चाल्दा नदि क्षेत्र खण्डहरमा परिणत भएको छ । यसबाट खानी खोला जलविद्युत आयोजनालाई समेत गम्भिर असर गरिरहेको आयोजनाले बताएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।