१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपप्रधानमन्त्री महत्तोले बोली फेरे भने,‘त्यसो भनेको होइन’



२३ जेठ ०७८,काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति फेरेका छन् ।
शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणको समयमा सक्षिप्त अभिव्यक्ति दिदै महत्तोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आफूहरुको माग कार्यान्वयनमा अघि बढ्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि महत्तोले अभिव्यक्ति सच्याउदै फरक धारणा सार्वजनिक गरेका हुन् ।
शनिबार राति विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । विज्ञप्तीमा भनेका छन् ,‘कसैलाई पनि भ्रम नहोस् मेरो आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको छ ।’
‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाती, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो विषय पार्टीको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने महतोले उल्येख गरेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।