१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ संवैधानिक इजलास गठन, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिको सुनुवाइ आजदेखि



२३ जेठ ०७८,काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोकेका छन् ।

इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

यसअघि गठित संबैधानिक इजलासमा संलग्न न्यायधीशका बारेमा वकिलहरुले असहमति जनाएपछि सर्वोच्च बार र प्रधानन्यायधीशबीच बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो ।

आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि संबैधानिक इजलासमा वहस शुरु हुँदैछ ।।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।