२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने



२४ जेठ ०७८, काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाभरका ५२ स्थानमा केन्द्र तोकेर खोप लगाउने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयले मंगलबारदेखि सुरु हुने ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूका लागि काठमाडौंभरका ५२ स्थानबाट खोप लगाइने जनाएको छ । जिल्लाका स्थानीय तहहरूले बढीमा पाँत दिनभित्र चीनले अनुदानम दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको छ ।खोप लगाउनका लागि काठमाडौं महानगरपालिमा ३२ तथा कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, दक्षिणकाली, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका दुई–दुई खोप केन्द्र तोकिएको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए । यी हुन् काठमाडौं महानगरपालिकाका ३२ स्थान जहाँका कोभिडविरुद्धको भेरोसेल खोप लगाइन्छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।