१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजबाट चिनियाँ कोरोना खोप भेरोसेल दिइदै



फाइल तस्बिर

२५ जेठ ०७८, काठमाडौं । आजबाट चीन सरकारले अनुदान दिएको भेरोसेल खोप देशभर लगाइने भएको छ ।
तिव्वतसँग जोडिएका देशका १८ जिल्ला सहित पहिलो डोज लगाएर दोश्रो खोप पर्खनेहरुलाई प्राथमिकता दिएर सरकारले खोप लगाउने भएको हो ।
स्वास्थ्य मन्त्रालयले परेको परिपत्र अनुसार ६० वषदेखि ६४ बर्षभित्रका बृद्धाहरुलाई प्राथमिकता दिन भनिएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका बृद्ध बृद्धाहरुलाई खोप लगाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ । गोदावरी नगरले पनि हरेक वडामा आज खोप दिने भएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।