२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा ५१५३ कोरोना संक्रमित थपिए



२५ जेठ ०७८, काठमाडौं । नेपालमा थप ५१५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७६७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३८७० र ५६११ एन्टिजेन परीक्षणबाट १२८३ जनामा कोरोना पोजेटिभ देखिएको हो।  थप १०८ जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ८०९८ जना  पुगेकाे छ। यस्तै ६५७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। यो सँगै ५ लाख ४ हजार ५३० जना संक्रमण मुक्त भइसकेका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।