४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै



२६ जेठ ०७८, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ सुरु गरी हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ आजका लागि तय भएको छ ।

उक्त विवादमा ३० रिट निवेदन परेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १० : २० बजे