४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वास्थ्यमन्त्री तामाङको सम्पत्तिः १४ ठाउँमा जग्गा 



२७ जेठ ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरे । राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री छन्।
यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ । श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा न) ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ । यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र रु पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुख्र्याैली र खरीद गरिएको दुवैथरि छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  २ : ०८ बजे