४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीन हजार ७ सय ४९ थपिए संक्रमित



२७ जेठ ०७८, काठमाडौं ।  बिहीबार कोरोना भाइरसका तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हाे।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार २ सय ९३ छ। यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५९ जनाको निधन भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ५३ बजे