४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विरोधमा उत्रिएका नागरिक अगुवा पक्राउ



२८ जेठ ०७८, ललितपुर । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरण लगायत विषयको विरोधमा उत्रिएका नागरिकहरुलाई पक्राउ गरिएको छ ।

वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथित प्रहरीले धरपकड गरेको हो ।

भाटभटेनी पुग्दा नपुग्दै प्रदर्शनकारीहरुलाई प्रहरीले धरपकड गरेको हो । पक्राउ पर्नेमा नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० प्रदर्शनकारी छन् । पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले उठाएका थिए । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेकामा पनि उनीहरुको आपत्ति थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  २ : ०४ बजे