४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३ हजार ७५० संक्रमित थपिए



२८ जेठ ०७८, काठमाडौं ।  नेपालमा देशभर ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पिसिआर र एन्टिजेन गरी यस अवधिमा कुल १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो।

यस अवधिमा ५ हजार २ सय २५ जना कोरोनाबाट मुक्त भएका छन्। त्यस्तै थप ६७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। यीसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ।

कोरोनाबाट हालसम्म ५ लाख २० हजार ८१६ जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८६. २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमध्ये काठमाडौं जिल्लामा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : ४५ बजे