४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस महाधिवेशनको एजेन्डामा आज पदाधिकारी बैठक




२९ जेठ ०७८, काठमाडौं । आज शनिबार नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले बोलाएको बैठक बुढानीलकण्ठ २ बजे बस्ने कार्यक्रम छ । आगामी भदौंम ागर्ने भनिएको पार्टीको महाधिवेशन का विषयमा छलफल हुने बताइएको छ ।
गएको चैत्रमा गर्ने महाधिवेशन स्थगित भएपछि ६ महिनाभित्र गर्नै पर्ने संवैधानिक व्यवस्था अनुसार यो भदौंसम्म महाधिवेशन गर्नु पर्ने बाध्यता आइलागेको हो । केन्द्रिय महाधिवेशनका लागि वडा तहको महाधिवेशन समेत भइसकेको छैन ।
पछिल्लो समय पार्टीले लगभग ८ लाख क्रियाशित सदस्यहरुको प्रकाशित गरेकोे छ । तर त्यस सम्बनधमा उजुरी आह्वान गरिएको छैन ।
पार्टीले टुंगो लगाएको कार्यतालिका पटक पटक उलंगन भइरहेको सन्दर्भमा भदौंमा महाधिवेशन हुनेमा धेरैले शंका व्यक्त गरेका छन् । तर पछिल्ला दिनमा पार्टी सभापति देउवाले भदौंमा नै महाधिवेशन हुने बताइरहदा आजको छलफलले महत्वपूर्ण निर्णय गर्न सक्ने आकलन गर्न सकिनछ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ५३ बजे