१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बसुन्धरामा स्कुटर दुर्घटना, युवकको मृत्यु




२९ जेठ ०७८, वसुन्धारा काठमाडौं । काठमाडौंको बसुन्धरामा एक युवकको स्कुटर दुर्घटनापछि मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित सडकमा बा.३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई शुक्रबार दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका२२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।