१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वालाजु सडकमा सुनको सिक्री लुटपाट, युवक पक्राउ



shyam phuyal\lalitpurkhabar

२९ जेठ ०७८, काठमाडौं । काठमाडौंको वालाजु सडकमा ए कहिलाको सुनको सिक्री लुटपाट भएको छ । काठमाडौं महानगरपालिका १६ बालाजुस्थित सडकमा पैदल हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका १ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १६ चमती बिनायक बस्तीबाट उनलाई चोरीको सिक्री सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।