५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशीको झरनामा दुर्घटना, आर्थिक अभावमा अस्पतालमा छट्पटाउदै घिमिरे




३० जेठ ०७८, ललितपुर । ललितपुरको झरुवाराशीस्थित ग्वालिन्दह झरनाबाट ललितपुर वागमती गाँउपालिका गिम्दीका पूर्णबहादुर घिमिरे सख्त घाइते भएका छन् । ग्वालिन्द खोलामा लुगा धुन जाने क्रममा लडेपछि गतमंगलबारदेखि उनको बासबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको उनकी श्रीमती रमा घिमिरेले ललितपुर खबरलाई बताइन् ।

दुर्घटनापछि घिमिरेको खुट्टा भाँचिएको छ भने टाउकोमा गम्भिर चोट लागेको छ । अस्पतालमा उनी बेहोस भई अवस्थामा छन् । घाइतेकी श्रीमती घिमिरेले अस्पतालमा एक्लो रहेको बताइन्, भनिन् यहाँ आफ्नो मान्छे कोही छैन । आफूसँग खाने पैसा पनि छैन । १ वर्षको वालक यो खान्छु त्यो खान्छु भन्छ ।
पैसाको अभावमा श्रीमान्को उपचार प्रभावित हुने अवस्था आएको बताउदै उनले रुदै भनिन, ‘मलाई सहयोग गरिदिनुस् ।’
निरक्षर घिमिरे आफ्नो बैंक खाता समेत नरहेको बताउदै सहयोग गर्नेले ९८१०१४३८६० र ९८१३३३६१२९ नम्बरमा फोन गर्न याचना गरिन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।