४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आयोगकाे निष्पक्ष भूमिकामा रहन सकेन: उपेन्द्र यादव



१ असार ०७८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । आयाेगले दुवै समूहले गरेको कारबाही नीतिगत नरहेको भन्दै कारबाही बदर गर्दै पदाधिकारीलाई पहिलेकै अवस्थामा रहन भनेपछि अध्यक्ष यादव आयोगसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यक्ष यादव समूहले दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार जना नेतालाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको थियो । त्यो पत्र अध्यक्ष यादव समूहले अद्यावधिक गर्न भन्दै आयोगलाई पत्र पठाएको थियो । यादव समूहले गएको जेठ १७ गते बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराएको थियो ।

विज्ञप्तीमा थप भनिएको छ,‘निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ । ४ जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्वारा विधिवत् निष्काशन गरी सोको अभिलेख अध्यावधिक गर्नका लागि माग गरेकोमा त्यस तर्फ कुनै निर्णय नै नदिई निर्णयविहीन रहनुका साथै आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रस्ट भएको छ । निर्वाचन आयोगको उक्त निर्णयले राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ र जसपा, नेपालको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बङ्ग्याई अपब्याख्या गरी पार्टी विधान विपरीत काम गर्ने, दलको आचार संहिता पालना नगर्ने, अराजक एवम् अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले बैधानिकता दिन खोजिएको जस्तो देखिन्छ । जुन कार्य विधि सम्मत देखिदैन ।’

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।