४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा विघटन मुद्दा: सर्वोच्च बारले तोक्यो एमीकस क्युरी   



१ असार ०७८, काठमाडौं । सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ ।
सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने निर्णय गरेको हो । सर्वोच्च बार कार्यसमिति बैठकले उक्त मुद्दामा मागिएको दुई वरिष्ठ अधिवक्तामा घिमिरे र केसीलाई पठाउने निर्णय गरेको कार्यसमितिका वरिष्ठ सदस्य विकास भट्टराइले जानकारी दिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएसन र सर्वोच्चबार एशोसिएसनबाट दुई÷दुई जना वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार सर्वोच्च बारले एमीकस क्युरीको तय गरेको हो । उक्त विवादमा यही असार ९ गतेबाट नियमित सुनुवाइ हुने तय भएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : २२ बजे