४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेले पठायो राहत र उद्धार लागि अनेरास्ववियुको टोली




२ असार ०७८,काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज बुधबार विदाइ गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाइ गरेका हुन् ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडÞितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।
मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजारमा डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् । महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पु¥याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गरे ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।