४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर २ हजार ७६८ संक्रमित थपिए



४ असार ०७८, काठमाडौं । शुक्रबार देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यो अवधिमा ४ हजार २० जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा थप ४४ जनाको मृत्यु भएको छ।

कुल ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेको दर १.६ प्रतिशत छ। हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाको पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ।

हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जनामा पोजेटिभ देखिएको तथ्यांक छ। तिमध्ये ५ लाख ४९ हजार ६८२ जना निको भएका छन्।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ४८ बजे