४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थप २ हजार ४ सय १ जनामा कोरानो संक्रमण पुष्टि




५ असार ०७८, काठमाडौं । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरानो संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७ हजार १० जनाको पीसीआर गर्दा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ६ लाख ४५ हजार २ सय ९ पुगेको छ ।

गत २४ घण्टामा ३ हजार ६ सय ६० जना कोभिडमुक्त भएका छन् । योसँगै नेपालमा कोभिडमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । आज देशभर ५७ हजार ६१८ सक्रिय संक्रमित छन् । देशभर ४ सय ४१ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ५३ बजे