१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा निषेधाज्ञा एक साता थपः निजी गाडी जोर–बिजोर, पसल बारअनुसार खाेल्न पाउने



६ असार ०७८, ललितपुर । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । अब दुई पाङ्ग्रे मोटरसाइकल र निजी चार पाङ्ग्रे कार, जीप, ट्याक्सी जोर–बिजोरका आधारमा चल्नेछन् । चारपाङ्ग्रे गाडीमा चार जना मात्रै बस्न पाइनेछ ।

त्यस्तै हार्डवेयर पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छन् । सुनचाँदी, भाडा पसल आइतवार, मङ्गलवार र बिहीवार तथा कपडा पसल, डिमार्टमेन्टल स्टोर तथा खेलकुदका पसल सोमवार, बुधवार र शुक्रवार खुल्ने छ ।

अरू अत्यावश्यक सामग्रीका क्षेत्रमा रोकतोक छैन ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।