२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा महिला पत्रकारलाई दुव्र्यवहारपछि कारबाहीको माग




७ असार ०७८,भक्तपुर । कार्यक्षेत्रमा जाँदै गर्दा भक्तपुरका एक महिला पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यही असार ४ गते सूर्यविनायक नगरपालिका ८ जगातीमा रहेको रेडियो हिमालयन ९९.७ मेगाहर्जको बिहान ६ बजेको समाचार वाचनका लागि कार्यस्थल तर्फ जाँदै गर्दा ती महिलामाथि अपरिचित एक पुरुषले बाटोमा दुव्र्यवहार गरेको घटनाले चिन्तित तुल्याएको शाखा अध्यक्ष जगत प्रजापतिले बताएका छन् ।
सूर्यविनायकदेखि जगातीसम्म जानेक्रममा अरनिको राजमार्ग कै आदर्श चोक नजिक विपरीत दिशाबाट आउँदै गरेको अल्फाबेट नखुलेको ९५७८ नम्बरको स्कुटरमा आएका पुरुषले बाटो छेकेर अश्लील शब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको घटना सभ्य समाजका लागि चिन्ताको विषय बनेको उनले बताए ।
पीडकलाई तत्काल पक्राउ गरी कानुनी कार्वाही गर्न जोडदार माग गर्दै शाखाले यस घटनाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने हक र मानवअधिकारको समेत गम्भीर उलंघन भएको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।