१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणका लामिछाने प्रहरीको फोटो दुरुपयोगकाे आरोपमा पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

८ असार ०७८, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का एक युवक सामाजिक सञ्जाल क्लबहाउसमा  प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाएकाे आरोपमा पक्राउ परेका छन् ।

क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको दर्ज्यानी चिह्न अङ्कित पोसाक तथा नामसहित बहस गरी प्रहरीको छवि धुमिल्याएको आरोपमा प्रहरीको साइबर ब्युरोले २० वर्षका ईशान लामिछानेलाई पक्राउ गरेको हो ।

अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।