५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बूढानीलकण्ठ नगरको बजेट दुई अर्ब ६७ करोड पारित




१० असार ०७८, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो ।
बूढानीकलण्ठ १० का वडाध्यक्ष नवराज भट्टराईले बुधबार सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको जानकारी दिए । कुनै पनि बेला आउन सक्ने महामारीसँग जुध्न पूर्वाधारसहितका सामग्री व्यवस्थित गर्ने विषय नीति तथा कार्यक्रममा छ ।
नगर अस्पताल तयार पारेर सेवा थाल्ने, स्वास्थ्यचौकीको पूर्वाधार निर्माण गर्नेदेखि मुटु, मिर्गौला जस्ता विशेष रोगबाट पीडित गरीब वर्गका लागि गरिँदै आएको सहयोग व्यवस्थित गर्नेसम्मका योजना समेटिएको छ ।
ध्यान योगका लागि खुला क्षेत्रको सुधार गर्ने, जनता स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्नेलगायत कार्यक्रमलाई पनि आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शिक्षा, सामाजिक तथा मानवीय विकास, आर्थिक क्षेत्र, उद्योग, व्यवसाय र पर्यटन, वन, वातावरण र फोहोर व्यवस्थापन, विपद् व्यवस्थापन, प्रशासन सुधार र जनशक्ति व्यवस्थापन, युवा परिचालन तथा सशक्तीकरण, व्यवस्थित शहरी विकासलगायतलाई पनि नगरपालिकाले आगामी आवको प्राथमिकतामा राखेको छ ।
नगरपालिकाका प्रवक्ता भट्टराईका अनुसार आन्तरिक राजस्व परिचालन र वृद्धि तथा पर्यटन पूर्वाधार विकासलाई केन्द्रमा राखेर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ ।
बूढानीलकण्ठले चालु आवमा रु दुई अर्ब ६७ करोड बजेट विनियोजन गरेको थियो । कोरोना महामारीका कारण वार्षिक लक्ष्यको औसत ५० प्रतिशत मात्रै योजना र कार्यक्रम कार्यान्वयन भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ३ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।