१३ असार ०७८, काठमाडौं । आइतबार मुलुकभर थप १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ जना र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनालाई गरी कुल १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ३हजार ७ जना रहेको छ । यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएका छन् भने ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।
सो अवधिमा संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४२४ जना रहेका छन् । जसमा काठमाडौ जिल्लाका २९२ जना, ललितपुर जिल्लाका १०० जना र भक्तपुर जिल्लाका ३२ जना रहेका छन् ।
प्रतिक्रिया