१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा दुई हजार तीन सय ८५ जना सक्रिय संक्रमित



१३ असार ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप चार सय २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

आइतबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यका भित्रका तीन जिल्लामा थप ४ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका २ सय ९२, ललितपुरका एक सय र भक्तपुरका ३२ जना छन्। त्यस्तै, काठमाडौं उपत्यकामा अझै आठ हजार ५ सय ८ जना सक्रिय संक्रमित छन्।

काठमाडौंमा मात्रै चार हजार तीन सय ९१, भक्तपुरमा एक हजार सात सय ३२ र ललितपुरमा दुई हजार तीन सय ८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।