१६ असार ०७८, काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै केन्द्रीय कमिटी सक्रिय बनाउने निर्णय गरेको हो ।
बैठकले पार्टीको स्थायी कमिटीमा आठ जना सदस्य थप्ने निर्णयसमेत गरेको छ । माओवादीबाट आएका चार जना र एमालेका चार जनालाई स्थायी कमिटीमा थप्ने निर्णय भएको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।
बैठकले रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।
यस्तै महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै कारबाहीमा परेका खनाल–नेपाल समूहका ११ जनामाथि गरिएको कारबाहीसमेत निष्क्रिय भएको छ ।
प्रतिक्रिया