१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भंग, खनाल–नेपाल समूहमाथिको कारबाही निष्क्रिय



१६ असार ०७८, काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै केन्द्रीय कमिटी सक्रिय बनाउने निर्णय गरेको हो ।
बैठकले पार्टीको स्थायी कमिटीमा आठ जना सदस्य थप्ने निर्णयसमेत गरेको छ । माओवादीबाट आएका चार जना र एमालेका चार जनालाई स्थायी कमिटीमा थप्ने निर्णय भएको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

बैठकले रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।

यस्तै महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै कारबाहीमा परेका खनाल–नेपाल समूहका ११ जनामाथि गरिएको कारबाहीसमेत निष्क्रिय भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।