१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कान्ति लोकपथ अवरुद्ध, दक्षिण ललितपुरका अरु सडकमा पनि पहिरो



फाइल तस्विर

ललितपुर खबर
१७ असार ०७८, चापागाँउ । बुधबार रातीदेखि निरन्तर बर्षा भएपछि राजधानीबाट तराई जाने छोटो बाटो कान्ति लोकपथ अवरुद्ध भएको छ । भट्टेडाँडा प्रहरी चौकीका अनुसार कान्तिलोकपथको ललितपुर खण्ड अन्र्तगत बगुवा र भालुखोला नजिक पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
दक्षिण ललितपुरको आश्राङ प्युटार सडकको गढी भञ्ज्याङमा पनि पहिरो गएको श्राआङ प्रहरीले जानकारी दिएको छ ।
ललितपुरको चापागाँउ गोटिखेल सडक भने सुचारु रहेको गोटिखेल प्रहरी चौकी र चौघरे प्रहरी चौकीले जानकारी दिउका छन् ।
प्रहरीका अनुसार निरन्तर बर्षा भएपछि पहिरो पन्छाउने तयारी भए पनि काम गर्न कठीन भएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।