५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका यी ३२ केन्द्रमा लगाइँदै छ भेरोसेलको दोस्रो मात्रा(सूचीसहित)



१७ असार ०७८, काठमाडौं ।  काठमाडौंमा विभिन्न ३२ वटा केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले ३२ वटा खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको हो । गएको जेठमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा दिइँदै छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाण्डौ महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका र शङ्खरापुर नगरपालिकाका विभिन्न ठाउँका खोप केन्द्रबाट खोप दिइने जनाएको छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।