१८ असार ०७८ काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई फेरि अर्को झड्का लागेको छ । एमालेबाट मुख्यमन्त्री बनेका पोख्रेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै विपक्षीहरू आन्दोलनमा उत्रिरहेका बेला आफ्नै क्याबिनेटमा रहेको एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि उनलाई थप संकट परेको हो ।
राजपाको महन्त पक्षको समर्थनमा सरकार रहेकी भौतिक विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पद त्यागेकी हुन् । उनले पदबाट राजीनामा दिँदै उपेन्द्र यादव पक्षमै फर्किएको बताइन् ।
प्रतिक्रिया