१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थलीमा बालुवा बोकेको टिपर टहरामा खस्यो, दुई जनाको मृत्यु



फाइल तस्बिर

१९ असार ०७८, काठमाडौं । काठमाडौं गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु–चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन्।
मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।