१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते



२० असार ०७८, काठमाडौं । काठमाडौं टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते भएका र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।