५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर सानेपामा एक पुरूषको शव फेला



२० असार ०७८, ललितपुर । ललितपुर सानेपामा एक पुरूषको शव फेला परेको छ। सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ।

ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ। मृतक राजस्थानका ५९ वर्षीय सत्यनारायण परित भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।