
२३ असार ०७८, काठमाडौं । काठमाडाैं कपनबाट २९ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई गएराति कपन सिमलटारबाट पक्राउ गरेकाे हाे ।
लाखाैं रुपैयाँ हारमार गर्दै जुवा खेलिरहेकाे भन्ने सूचनाकाे आधारमा छापा मार्न पुगेकाे प्रहरी टाेलीले उनीहरूका साथबाट १५ लाख रुपैयाँ बरामद गरेकाे जनाएकाे छ ।पक्राउ पर्नेमा १० जना महिला रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनीहरूको साथबाट ३२ थान कौडा पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया