१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मण्डनदेउपुरमा बृहत् खानेपानी आयोजना प्रक्रिया शुरु   



२४ असार ०७८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककाे मण्डनदेउपुर नगरपालिकामा बृहत् खानेपानी आयोजनाको प्रक्रिया थालिएको छ । यसका लागि पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गरिएको हो । गत चैतमा उक्त खानेपानी आयोजनालाई रु एक अर्ब स्वीकृत भएको थियो । काभ्रेलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रतिउपभोक्ता रु एक हजार लिएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ ।  आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको नगरप्रमुख टोकबहादुर तामाङले बताए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।